अत्याधिक हिमपातबाट प्रभावित प्रहरीहरूको उद्धार तथा स्वास्थ्य अवस्थाबारे महानिरीक्षक कार्कीको अवलोकन – Sagarmathapana:: Online News Portal

अत्याधिक हिमपातबाट प्रभावित प्रहरीहरूको उद्धार तथा स्वास्थ्य अवस्थाबारे महानिरीक्षक कार्कीको अवलोकन

   २०८२ कार्तिक ३० गते  

काठमाडौँ।डोल्पा जिल्लामा परेको अत्याधिक हिमपात र कडाको चिसोका कारण अस्वस्थ बनेका प्रहरी कर्मचारीहरूको काठमाडौंस्थित नेपाल प्रहरी अस्पतालमा अहिले उपचार भइरहे छ।उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दान बहादुर कार्की स्वयं अस्पताल पुगेका छन्।

डोल्पाको शे–फोक्सुण्डो गाउँपालिका–१, मिजार गुम्बा स्थित ईलाका प्रहरी कार्यालय नाम्दोमा कार्यरत प्रहरी टोली मिति २०८२।०७।२३ गते १६:०० बजे जिल्ला प्रहरी कार्यालय, डोल्पा तर्फ हिँडेका थिए।तर मार्गमा परेको लगातार हिमपातका कारण ती प्रहरीका खुट्टा सुन्निएकाे र हिँडडुल गर्नसमेत कठिन भएकाले तत्काल उद्धार आवश्यक परेको थियो।

पछि २०७९/०७/२८ गते, नेपाली सेनाको हेलिकप्टरमार्फत ती प्रहरीहरूलाई डोल्पोबुद्ध गाउँपालिका–१, धो क्षेत्रबाट उद्धार गरी थप उपचारका लागि काठमाडौंस्थित नेपाल प्रहरी अस्पताल ल्याइएको प्रहरीले जनाएको छ।

अस्पताल पुगेका आईजीपी कार्कीले उपचाररत प्रहरी कर्मचारी तथा उनीहरूका परिवारसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।उनले चिकित्सकलाई आवश्यक सम्पूर्ण उपचार प्रभावकारी रूपमा निरन्तर गर्न निर्देशन समेत दिएका छन्।

प्रहरी मुख्यालयका अनुसार उद्धार गरिएका सबै प्रहरीको अवस्थामध्ये केहीको सुधार भइरहेको छ भने केहीको स्थिर निगरानीमा राखी उपचार भइरहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै