गायिका सिता सिङगक् लिम्बुको गित ‘नरुनु तिमी’ पछी ‘चितामाथी’ सार्बजनिक – Sagarmathapana:: Online News Portal

गायिका सिता सिङगक् लिम्बुको गित ‘नरुनु तिमी’ पछी ‘चितामाथी’ सार्बजनिक

   २०८१ श्रावण १३ गते  

काठमाडौँ। बिगत २ दशक देखी नेपाली साङितिक क्षेत्रमा सकृय गायिका सिता सिङगक् लिम्बु ले २०५८ सालमा गित बाट कलाकारिता क्षेत्रमा प्रबेश गरी बिसेश गरेर लिम्बु सस्कृती र भाशा को गितहरु मिक्क्एन थाक्तेल्,याक्थुङ लाजे लिम्बुवान ,केमेक्ते फुङ ए ,आनी हिलिहाङ ,युमा माङए सेवारो,छुइया फकन्दी,आतीन सम्माङ जस्ता चर्चित र लोकप्रिय गित हरु गाउनु भएको छ ।

आफ्नो भाषा,सस्कृती को जगेर्णा गर्नु पर्छ भाषा सस्कृती भनेको हाम्रो पहिचान हो र अस्तित्व हो भन्ने सोच राख्नु हुने गायिका लिम्बु भाषा लगाएत नेपाली भाषाको गितमा पनि तेतिकै सकृय र लोकप्रिय हुनुहुन्छ गायिका लिम्बु को जेप्पा,सोल्टी निष्ठुरी,मेरो बिस्वासमाथी खोट,अचारै भन्नु जस्ता गितहरु चर्चित छन ।

गायिका लिम्बु हङ्कङमा स्थायी रुपमा बस्दै हुनुहुन्छ तैपनि आफ्नो भाषा सस्कृती र आफ्नो देश भन्दा पर पर्देशमा रहेर पनि गाउ घरको मौलिकता झल्काउने गित संगीत र आफ्नो स्वोर मार्फत श्रोता दर्शक सामु पुर्याउने कोसिशमा हुनुहुन्छ ।

यही क्रम मा गायिका लिम्बुले केहि महिना अगाडी स्व.जोन सिङगक को शब्द र एकान्त लिम्बुको संगीतमा”नरुनु तिमी”भन्ने गित सार्बजनिक गर्नु भएको थियो भने,
हालै ” चितामाथी” भन्ने अतिनै मार्मिक गित फेदाफहाङ्मा अफिसियल युट्युब च्यानल मार्फत सार्बजनिक गर्नु भएको छ ,उक्त गितको शब्द स्व.जोन सुब्बा(भक्ती सिङगक्),कम्पोज एकान्त लिम्बु आङ्देम्बे, एरेन्ज देबेश राइको रहेको छ भने म्युजिक भिडियो निर्देशन गर्नुभएको छ हाङ चेम्जोङले भने सिनेमाटोग्राफी युबराज राइको रहेको छ यो गितका रेकर्डिस्ट राजु कार्की हुनुहुन्छ भने सेवा रेकर्डिङ स्टुडियोमा रेकर्डिङ गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै