डीडीसीका महाप्रबन्धक पौडेललाई कारवाहीको माग
काठमाडौं । उपभोक्ता हित संरक्षण मञ्च नेपालले डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेललाई कारबाही माग गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दर्ता गरेको छ । म्याद सकिएको बटर उपभोक्तालाई बिक्री गरेको प्रकरणमा मुछिएका डीडीसीका महाप्रबन्धक पौडेललाई कारवाहीको माग गर्दै मञ्चले निवेदन दर्ता गरेको हो ।
यस अघि गत वर्ष २०७७ साल असोज २७ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अखाद्य भनि बिक्री गर्न रोक लगाएको एक लाख ९४ हजार किलो बटर दूग्ध विकास संस्थानले घिउ बनाएर बिक्री गरेको थियो ।
निवेदनमा अखाद्य वस्तु बजारमा बिक्रीको लागि पठाउँदा उपभोक्ताको स्वास्थमा गम्भिर असर पुग्न जाने तथा गत वर्ष कै मुद्दा जिल्ला प्रशासनमा बिचाराधीन रहँदा समेत उक्त कार्यले मुद्दालाई समेत प्रभावित बनाएको उल्लेख गर्दै मञ्चले उक्त पत्र बुझाएको हो ।












