सन्ध्या र सरोज बने ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४’ – Sagarmathapana:: Online News Portal

सन्ध्या र सरोज बने ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२४’

   २०८१ श्रावण ७ गते  

काठमाडौं । शुक्रबार काठमाडौंमा भएको‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल–२०२४’ फिनालेमा उपाधि सरोज सुनार र सन्ध्या विश्वकर्माले जितेका छन् ।

पुरुषतर्फ राजेन्द्र दूतराज र सिर्जन विश्वकर्मा क्रमशः फर्स्ट र सेकेन्ड रनरअप बने भने महिलातर्फ जेसिका घिमिरे फर्स्ट रनरअप र आकृति घतानी सेकेन्ड रनरअप बने। प्रतियोगितामा सञ्जय विश्वकर्माले कोरियोग्राफी गरेका थिए । उनलाई अलिशा गहजराजले सघाएकी थिइन् ।

कार्यक्रम आयोजक संस्था बिब्रोस् इन्टरटेनमेन्टका अध्यक्ष समेत रहेका सञ्जय विश्वकर्माले ‘मिस्टर एन्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल’ सम्बन्धित समुदायका युवाहरुका लागि मञ्च निर्माण गर्नुपर्छ भन्ने उद्देश्यले आयोजना गरिएको बताए । यस मञ्चले प्रतिभा निखार्दै उनीहरुको उज्ज्वल भविष्य निर्माणमा सहयोग पुर्‍याउने आयोजकको विश्वास छ ।

प्रतियोगितामा काठमाडौं, इटहरी, बुटवल, पोखरा, चितवन, धादिङ, लगायत स्थानका २५ जना प्रतियोगीले अन्तिम प्रतिस्पर्धा गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै