उमानाथ दाहालद्वारा लिखित “सनेस” शीर्षक लघुकथा लोकार्पण
काठमाडौँ। २०८१ आषाढ २२ गते हाम्रो लघुकथा केन्द्र र सताक्षीधाम साहित्य सङ्गम झापाको संयुक्त आयोजनामा उमानाथ दाहालद्वारा लिखित “सनेस” शीर्षक लघुकथा लोकार्पण गरियो। उक्त कार्यक्रम किङ्ग्स क्याफे कौशलटार, भक्तपुरमा सम्पन्न भयो । कार्यक्रमको अध्यक्षता हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता के सीले गर्नु भएको थियो । प्रमुख अतिथि प्रा. डा. दवी नेपाल हुनुहुन्थ्यो । कार्यक्रममा विशिष्ट अतिथिहरू ध्रुव मधिकर्मी वरिष्ठ हास्यव्यङग्यकार डम्बर घिमिरे, कृतिकार उमानाथ दाहाल, उर्मिला अधिकारी , इन्दिरा चापागाई, शेखर अर्याल आदि साहित्यकारहरू हुनुहुन्थ्यो ।
कार्यक्रममा स्वागत मन्तव्य बन्दना घिमिरेबाट भएको थियो भने उद्घाटनमा लघुकथा गान बजाएर प्रमुख अतिथि देवी नेपालले पानसमा बत्ति बालेर गरिएको थियो। विमोचन पश्चात् कृतिकारकी बुहारी गरिमा पन्त, कृतिकारकी छोरी रचता दाहाल र हाम्रो लघुकथा केन्द्रकी सदस्य निर्मला बरालले विमोचित कृतिबाट एक एक वटा लघुकथा वाचन गरिएको थियो।
कृति विमोचन पश्चात् इन्दिरा चापागाइ र शेखर अर्यालले कृतिको सुक्ष्म विश्लेषण गर्नु भयो । अतिथिहरूले कृतिकारलाई बधाई तथा कृतिले सफलताको शुभकामना व्यक्त गर्नुभयो । प्रमुख अतिथि देवी नेपालले हाम्रो लघुकथा केन्द्रले गरेका कामको प्रशंसा गर्नु भयो।
कृतिकारले सबैलाई धन्यवाद ज्ञापन गर्नु भयो। कार्यक्रम सञ्चालन हाम्रो लघुकथा केन्द्रकी सदस्य मन्दिरा चापागाईंले गर्नुभएको थियो । कार्यक्रमको अन्त्यमा हाम्रो लघुकथा केन्द्रकी अध्यक्ष लता के.सी ले सभ्य र भव्य कार्यक्रमको औपचारिक रूपमा विसर्जन गर्नुभयो ।












