राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो पदयात्रा सुरु, हस्ताक्षर महाअभियानमा जुट्यो – Sagarmathapana:: Online News Portal

राष्ट्रिय स्वतन्त्र पार्टीको घरदैलो पदयात्रा सुरु, हस्ताक्षर महाअभियानमा जुट्यो

   २०८२ असार १४ गते  


काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो पार्टी सभापति रवि लामिछानेमाथि भएको भनिएको राजनीतिक प्रतिशोधको विरोधमा हस्ताक्षर महाअभियान सुरु गरेको छ। यस अभियान अन्तर्गत काठमाडौं जिल्ला समितिको आयोजनामा आज न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरिएको हो।

न्यूरोड गेटबाट सुरु भएको पदयात्रा टेबहाक, सुन्धारा, लगन, चिकामुगल हुँदै इन्द्रचोकसम्म पुगेको थियो। कार्यक्रममा पार्टीका उपसभापति डीपी अर्याल, बिरजभक्त श्रेष्ठलगायतका नेताहरूको उपस्थिति रहेको थियो। पदयात्रामा सहभागीहरूले सर्वसाधारणसँग संवाद गर्दै हस्ताक्षर सङ्कलन गरेका थिए।

पार्टीले यो अभियानलाई काठमाडौंका विभिन्न क्षेत्र हुँदै देशव्यापी रुपमा विस्तार गर्ने तयारी गरेको जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै