कोशी प्रदेशको आगामी बजेट सार्वजनिक, स्वास्थ्य र कृषि क्षेत्रमा विशेष जोड – Sagarmathapana:: Online News Portal

कोशी प्रदेशको आगामी बजेट सार्वजनिक, स्वास्थ्य र कृषि क्षेत्रमा विशेष जोड

   २०८२ असार २ गते  

काठमाडौं।कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। यो चालु आर्थिक वर्षको तुलनामा ६० करोड रुपैयाँले बढी हो।

प्रदेश सभामा बजेट प्रस्तुत गर्दै आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानामगरले समावेशी, समन्यायिक र दिगो विकासलाई लक्ष्यमा राख्दै बजेट निर्माण गरिएको जानकारी दिनुभयो।

यस वर्षको बजेटले स्वास्थ्य, कृषि, शिक्षा, भौतिक पूर्वाधार र पर्यटन प्रवद्र्धनजस्ता क्षेत्रलाई प्राथमिकता दिएको छ।

स्वास्थ्य क्षेत्रमा ठूलो हिस्सा

कोशी प्रदेश सरकारले ३ अर्ब ५१ करोड ७१ लाख रुपैयाँ स्वास्थ्य क्षेत्रमा विनियोजन गरेको छ, जुन विगतको तुलनामा उल्लेखनीय वृद्धि हो।

कृषिमा नवप्रवर्तन र अनुदान

कृषि, उद्योग तथा सहकारी क्षेत्रमा २ अर्ब १८ करोड रुपैयाँको बजेट विनियोजन गरिएको छ।

फलफूल उत्पादन, प्रशोधन र बजारीकरणका लागि १६ करोड ६५ लाख रुपैयाँ छुट्याइएको छ भने कृषि कर्जामा ब्याज अनुदानका लागि १४ करोड रुपैयाँ विनियोजन गरिएको छ, जसले कृषकहरूलाई सहज ऋण प्रवाहमा सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

मन्त्री रानामगरले कृषि र रोजगारीमा आधारित उत्पादनमूलक कार्यक्रमहरूलाई सशक्त रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै