प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन – Sagarmathapana:: Online News Portal

प्रधानसेनापतिद्वारा काजी कालुपाण्डेप्रति श्रद्धासुमन

   २०८२ जेष्ठ २२ गते  

काठमाडौं।प्रधानसेनापति अशोक राज सिग्देलले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहका सेनापति काजीकालु पाँडेको सालिकमा माल्यापर्ण गरी श्रद्धासुमन अर्पण गरेका छन् ।

चन्द्रागिरि नगरपालिका–१ दहचोकस्थित समाधिस्थलमा आयोजित २६८औँ स्मृति दिवसमा स्थानीय जनप्रतिनिधिलगायतले सालिकमा श्रद्धासुमनसहित पुष्पअर्पण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।

काजी तुलाराम पाँडे स्मृति प्रतिष्ठानले आयोजना गरेको उक्त कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष पूर्व रथी पवनबहादुर पाँडे, इतिहासविद् राजाराम सुवेदीले स्वर्गीय पाँडेको योगदानका विविध पाटोबारे प्रकाश पारेका थिए । काजी कालु पाँडेले नेपाल एकीकरण अभियानका क्रममा कीर्तिपुरको लडाइँमा वीरगति प्राप्त गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै