चलचित्र ‘जुलेबी’ को बिसेष शो सम्पन्न – Sagarmathapana:: Online News Portal

चलचित्र ‘जुलेबी’ को बिसेष शो सम्पन्न

   २०८० भाद्र २ गते  

काठमाडौँ। गणेशदेव पाण्डेको लेखन तथा निर्देशनमा बनेको चलचित्र ‘जुलेबी’ को बिसेष शो शुक्रवार सम्पन्न भएको छ। विश्वज्योति सिनेमामा आयोजना गरिएको बिसेष शोमा बाक्लो संचारकर्मी तथा चलचित्रको टिमको उपस्थिति रहेको थियो। चलचित्र हेर्ने संचारकर्मीले एक घण्टा ५२ मिनेट लामो चलचित्र हेरी रहँदा मज्जा आएको प्रतिक्रिया दिए। निर्देशक पाण्डेको चलचित्र केहि फरक र भिन्दै हुन्छ भन्दै सबैले चलचित्र र सम्पूर्ण कलाकारको अभिनयको प्रशंशा गरे।

रत्नपार्कको वरिपरि घुमेको कथाले एक पटक सबैलाई सोच्न बाध्य बनाउछ। ७ जना फरक फरक कलाकारको सम्बन्धको कथाले दर्शकलाई पनि पूर्ण मनोरंजन दिनेछ। शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्रको माउथ पब्लिसिटीले दर्शक बढ्ने आशामा निर्माण टिम छ।

कार्यकारी निर्माता नवीन भट्ट रहेको एन्थोलोजी जनरामा बनेको चलचित्रलाई गणेश देव पाण्डेले निर्देशन गरेका हुन् । फोर क्युब इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको चलचित्रमा सुरक्षा पन्त, निशा अधिकारी, उषा रजक, मोनिका थापा, सुशील सिटौला, पुष्कर कार्की, तुफान थापा, समीरमणी दिक्षितलगायतको अभिनय छ । चलचित्रकी निर्मात्री आभा शर्मा नेपाल हुन् ।

विवेक खड्काको छायांकन, जाटवेद बनर्जीको संगीत, अन्जय खड्काको सम्पादन र साउण्ड डिजाइन उत्तम न्यौपानेको रहेको छ । डिसीएन र रिच इन्टरटेन्टमेन्टले वितरणको जिम्मा लिएको चलचित्रको डिजिटल अधिकार डिएआर मुभिजले खरिद गरेको छ।
फोटो -सुरेन्द्र थापा

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै