पशुपतिनाथ मन्दिरको गजुरको ढकन पुनः जडान – Sagarmathapana:: Online News Portal

पशुपतिनाथ मन्दिरको गजुरको ढकन पुनः जडान

   २०८२ बैशाख २ गते  

काठमाडौं।पशुपतिनाथ मन्दिरको मूल गजुरको खसेको सुनको ढकन पुनः जडान गरिएको छ।

झन्डै ४ इन्चको त्रिभुज आकारको उक्त ढकन बाँदर वा हावाहुरीका कारण खसेको बताइएको छ। ढकन झर्दा गजुरको टुप्पो सुईरो आकारमा देखिँदा स्वरूप बिग्रिएको थियो।

शास्त्रीय विधिअनुसार अब त्यसलाई जडान गरी पुनः पुरानै स्वरूपमा फर्काइएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै