सामुदायिक बचत संस्थाले गर्यो काभ्रेका १३ वटै स्थानीय तहवाट निर्वाचित जन प्रतिनिधिलाई बधाई दिने कार्यक्रम – Sagarmathapana:: Online News Portal

सामुदायिक बचत संस्थाले गर्यो काभ्रेका १३ वटै स्थानीय तहवाट निर्वाचित जन प्रतिनिधिलाई बधाई दिने कार्यक्रम

   २०७९ जेष्ठ २१ गते  

काभ्रे । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि. पनौतीले स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनवाट काभ्रेपलाञ्चोकको १३ वटै स्थानीय तहवाट निर्वाचित नगर प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरुलाई संस्थाको मुख्य कार्यालयको सभाहलमा बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष प्रकाश वन्जाराको सभाध्यक्षतामा भयो । संस्थाका प्रमुख सल्लाहाकार शम्भुलाल श्रेष्ठले समुद्घाटन गरेको कार्यक्रम सचिव मुकुन्द शर्माले संचालन गरेका थिए।

संस्थाका कोषाध्यक्ष प्रताप ताम्राकारले स्वागत मन्तव्य राख्दै नवनिर्वाचित जनप्रतिनिधिहरुलाई स्वागत गरे । प्रमुख कार्यकारी अधिकृत मदन वस्नेतले संस्थाको समग्र गतिविधिहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा पनौती नगरपालिका प्रमुख रामशरण भण्डारी, नमोबुद्ध नगरपालिका प्रमुख कुन्साङ लामा तथा बनेपा नगरपालिका उपप्रमुख विमला सापकोटा दाहालले मन्तव्य राख्दै समुदायको हित र प्रवर्धनका लागि सहकारी संस्थाको भुमिका महत्वपुर्ण तथा उत्तम विकल्प हुने हुँदा आफ्नो नगर तथा गाँउपालिकामा सामुदायिक हितका कार्यक्रममा सामुदायिक वचत तथा ऋण सहकारी संस्थासंग सहकार्य गर्दै अगाडी बढ्न ईच्छुक रहेको बताए ।

बधाई तथा सुभकामना कार्यक्रममा काभ्रे जिल्ला स्थानीय तहका नगर प्रमुख, उपप्रमखु तथा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा संस्थाका संचालक समिति,लेखा सुपरिवेक्षण समिति, सल्लाहकार र प्रमुख कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै