केपी ओलीले सरकारको नेतृत्व गर्दा धेरै राम्रा काम भए : मुख्यमन्त्री कँडेल
काठमाडौं।-कर्णाली प्रदेशका मुख्यमन्त्री एवम् नेकपा (एमाले) स्थायी कमिटी सदस्य यामलाल कँडेलले एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्दा धेरै राम्रो काम भएको बताएका छन् ।
नेकपा (एमाले) भेरीगंगा नगर कमिटीले आयोजना गरेको नगरस्तरीय प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले अध्यक्ष ओलीले नेतृत्व गरेको सरकारले नाकाबन्दीको सामना गरेर अब कहिले नाकाबन्दी नहुने गरी उत्तरी नाका खोलेको र संविधानको विरोध गरेका दललाई समेत सहमत गराएर चुच्चे नक्सा जारी गर्नेदेखि धेरै राष्ट्रहितको काम गरेको बताएका हुन् ।












