नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन – Sagarmathapana:: Online News Portal

नेप्सेको सीईओ बन्न १० जनाले दिए आवेदन

   २०८१ फाल्गुन २६ गते  

काठमाडौं।नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि १० जनाले आवेदन दिएका छन् । आइतबार साँझसम्मको समय दिएर अर्थ मन्त्रालयले सीईओको आवेदन मागेको थियो । सो अवधिसम्म १० जनाले आवेदन दिएका हुन् ।

आवेदन दिनेमा इलामका पूर्णप्रसाद आचार्य, नुवाकोटका बद्रीप्रसाद प्याकुरेल, सर्लाहीको नारदकुमार लुइटेल, झापाका युवराज दाहाल, काभ्रेका प्रविण अधिकारी, झापाका चुडामणि चापागाईं, सिराहाका विमलकुमार तिवारी, पाल्पाका कृष्णबहादुर कार्की, पाल्पाकै हेमन्त बस्याल र डडेलधुराका मुकन्दराज जोशी छन् ।

सिफारिस समितिमा अर्थ मन्त्रालयका वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका प्रमुख सहसचिव सेवन्तक पोखरेल संयोजक छन् । सदस्यमा सहसचिव अमृत लम्साल र विज्ञ सदस्यका रूपमा डा. खोमराज खरेल छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै