साथीको हत्या गरेको अभियोगमा तीन जना पक्राउ
काठमाडौँ-पर्सा प्रहरीले आफ्नै साथीको हत्या गरेको अभियोगमा तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका वडा नम्बर २७ का १९ वर्षीय मुकेशप्रसाद यादव, अरुणकुमार यादव र मुना तिवारी रहेका छन् । प्रहरीअनुसार उनीहरूले आफ्नै साथी इशालप्रसाद कुर्मीलाई हत्या गरेका हुन् ।
घटनाको विवरणअनुसार इशालप्रसाद कुर्मी र छिमेकी साथीहरू तास खेल्न गएका बेला पैसाको विषयमा विवाद भएको थियो । सोहि विवादको क्रममा यादव द्धय र तिवारीले मिलेर कुर्मीको हत्या गरी भेडाहा खोलामा फालेको प्रहरीलाई बयान दिएका छन् ।












