बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीका स्वकीय सचिवले लिए आफ्नै ज्यान – Sagarmathapana:: Online News Portal

बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्रीका स्वकीय सचिवले लिए आफ्नै ज्यान

   २०८१ फाल्गुन १४ गते  

काठमाडौँ।बागमती प्रदेशका सहकारी तथा गरिबी निवारण मन्त्रीका स्वकीय सचिव रवि थापाले आत्महत्या गरेका छन् । उनले विष सेवन गरेर आत्महत्या गरेका हुन् ।

समस्याग्रस्त सहकारीको ञकेशझमिलाइदिन्छु भन्दै पैसाको बार्गेनिङ गरेको अडिओ सार्वजनिक भएपछि उनले विष सेवन गरेका हुन् । उनको उपचारका क्रममा कलंकीको शहीद मेमोरियल अस्पतालमा निधन भएको हो । उनले साथीको कोठामा विष सेवन गरेका थिए ।

बागमती प्रदेशको समस्याग्रस्त सुमेरु सहकारीको विषयमा स्वकीय सचिव थापाले सहकारीलाई समस्याग्रस्तको लिष्टबाट निकाल्ने भन्दै कुराकानी गरेको अडिओ सार्वजनिक भएपछि सुसाइड नोट लेखेर विष सेवन गरेका हुन् ।

उनले आफ्नो बेइज्जत भएको नोटमा उल्लेख गरेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै