विद्यालयमा पठन-पाठन नै अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले गरे विरोध ! – Sagarmathapana:: Online News Portal

विद्यालयमा पठन-पाठन नै अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले गरे विरोध !

   २०८१ फाल्गुन १४ गते  

काठमाडौँ।रौतहट जिल्लास्थित एक माध्यामिक विद्यालयमा पठन-पाठन अवरुद्ध गरी धार्मिक प्रवचन दिन थालेपछि विद्यार्थीले विरोध जनाएका छन्

कटहरियाका पूर्वशिक्षकद्वय लक्ष्मीनारायण यादव र रामाश्रेश्राद यादवले कटहरियास्थित श्रीजनता माध्यामिक विद्यालयको कक्षा ११ को पढाइ बन्द गरी करीब दुई घन्टा धार्मिक प्रवचन दिएका थिए।

पूर्वशिक्षक यादवद्वयले यौनकाण्डलगायत विभिन्न आपराधिक मुद्दामा भारतमा जेल जीवन बिताइरहेका रामपालको बारेमा लगातार कक्षा कोठाभित्र प्रवचन दिएका थिए।

उनको प्रवचनको कारण मंगलबार अंग्रेजी र लेखा विषयको पढाइ हुन नसकेको कक्षा ११ मा अध्ययनरत् एक जना विद्यार्थीले बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै