आमेशलाई इन्दुले धोका दिए पछि… (भिडियो) – Sagarmathapana:: Online News Portal

आमेशलाई इन्दुले धोका दिए पछि… (भिडियो)

   २०७८ माघ १ गते  

काठमाडौँ। गायक मनोज राज सिवाकोटीको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। ‘म मरे भने’बोलको मार्मिक गीतमा शब्द भरत बाबु केसीको र संगीत मनोज राजकै रहेको छ। कृष्ण पौडेलले निर्देशन गरेको भिडियो गीतको शब्द अनुसारको भावुक भिडियो बनेको छ।

आमेश भण्डारीले उत्कृस्ट अभिनय गरेका छन्। भिडियोले दर्शक श्रोताको मन छुनेमा निर्माण पक्ष आशाबादी रहेको छ। इन्दु दनुवारले पनि भिडियोमा आफ्नो अभिनय कौशलता प्रस्तुत गरेकी छन। अनुभवी निर्देशक कृष्ण पौडेलले गरेको मेहनत भिडियोमा देखिन्छ।

सुजन श्रेष्ठले छायाँकन गरेको भिडियोको सम्पादन युवराज खत्रीले गरेका छन्। तारा सीतारा प्रोडक्सनले निर्माण गरेको भिडियोमा आमेश भण्डारी,इन्दु दनुवार,मिलन दाहाल र अशोक रोक्का फिचर्ड छन्। भिडियो इन्दु दनुवार अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै