बालेनले चिठी लेखेको ४४ दिन बित्यो, सरकारले अझै पठाएन प्रमुख प्रशासकीय अधिकृत – Sagarmathapana:: Online News Portal

बालेनले चिठी लेखेको ४४ दिन बित्यो, सरकारले अझै पठाएन प्रमुख प्रशासकीय अधिकृत

   २०८१ फाल्गुन १० गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई बिदामा पठाएर ४४ दिनअघि संघीय सरकारलाई नयाँ अधिकृत पठाउन आग्रह गरेको थियो, तर अहिलेसम्म पठाइएको छैन।

गएको पुस ५ गते महानगरले काठमाडौं टावरको नक्सा स्वीकृतिसम्बन्धी अनियमितता भएको भन्दै छानबिन थालेपछि गुरागाईंलाई बिदामा पठाइएको थियो। उनी फर्किन खोज्दा कार्यकक्षमै ताला लगाइयो, जसकारण कार्यालय आउन सकेनन्।

गुरागाईंको अनुपस्थितिमा प्रशासनिक नेतृत्व नुरनिधि न्यौपानेले सम्हाले पनि आर्थिक अधिकार संघीय सरकारले पठाएको अधिकारीलाई मात्र हुने कानुनी व्यवस्थाका कारण महानगरका विभिन्न काम प्रभावित भएका छन्। कर्मचारीको तलबसमेत रोकिएको छ।

बालेन साह नेतृत्वको महानगरले पटक–पटक संघीय सरकारलाई प्रमुख प्रशासकीय अधिकृत पठाउन आग्रह गरे पनि हालसम्म कुनै निर्णय भएको छैन। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कानुनी प्रक्रिया पूरा गरेर मात्र निर्णय हुने बताएको छ। अबको मन्त्रिपरिषद् बैठकमा यसबारे टुंगो लाग्ने सम्भावना छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै