केबलकार निर्माण गर्न नहुने माग गर्दै आएको समूह र प्रहरीबीच झडप: १२ जना घाइते – Sagarmathapana:: Online News Portal

केबलकार निर्माण गर्न नहुने माग गर्दै आएको समूह र प्रहरीबीच झडप: १२ जना घाइते

   २०८१ फाल्गुन ९ गते  

काठमाडौं।ताप्लेजुङको पाथिभरा क्षेत्रमा केबलकार निर्माण गर्न नहुने माग गर्दै आएको समूह र प्रहरीबीच  झडप हुँदा सुरक्षाकर्मीसहित १२ जना घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले ७ सेल अश्रुग्यास प्रहार गरेको थियो ।पाथीभरामा केबलकार निर्माणको विरोध गर्दै आएको समूहको पदयात्रा केबलकार निर्माणस्थलतर्फ जाँदै गर्दा नेपाल प्रहरी र सशस्त्र प्रहरीले रोक्न खोजेपछि झडप भएको हो । झडपमा नेपाल प्रहरी र सशस्त्रका गरी ११ जना र प्रदर्शनकारीतर्फ १ जना घाइते भएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।

 पाथीभरा क्षेत्रमा केबलकार बनाउँदा ऐतिहासिक पहिचान मेटिने भन्दै विरोध भइरहेको छ । केबलकार निर्माणको विरोधमा आयोजित पदयात्रामा राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो, पूर्वमन्त्री रकम चेम्जोङ, पहिचानवादी नेता खगेन्द्र माखिम लगायत सहभागी भएका थिए ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै