तिन करोडको लगानीमा अत्याधुनिक प्रविधिको ‘जस्टनेप’ एपबाट अनलाइन खानाको अर्डर – Sagarmathapana:: Online News Portal

तिन करोडको लगानीमा अत्याधुनिक प्रविधिको ‘जस्टनेप’ एपबाट अनलाइन खानाको अर्डर

   २०७८ पुष १७ गते  

काठमाडौं। नेपाली बजारमा यतिबेला अनलाइन ब्यापार निकै फष्टाएको छ। विभिन्न ब्राण्डहरूको आफनै एप्लिकेशनदेखि लिएर विभिन्न स्टोरहरूले समेत अनलाइन र एप्लिकशन मार्फत आफ्ना ग्राहकहरू समक्ष विभिन्न बस्तु पुर्याइरहेका छन्। अब बस्तुमात्र होइन विभिन्न रेस्टुरेन्ट तथा होटलहरूले पनि आफ्ना परिकारहरू बजारमा अनलाइन तथा एप्लिकेशनहरूमा राखेर ग्राहकको इच्छा अनुसार होम डेलिभरी राखिसकेका छन्।

कोरोनाकै कारण धरासायी बनेको एउटा क्षेत्र हो रेस्टुरेन्ट तथा होटल। लकडाउनका बेलामा समेत ग्राहकहरूको ध्यानमा राखेर विभिन्न ब्राण्डहरूले अनलाइन तथा एप्लिकेशन मार्फत खानाका परिकारहरू ग्राहकको घर घरमा पुर्याइरहेका छन्। नेपाली बजारमा अर्को एउटा अत्याधुनिक अनलाइन फुड डेलिभरी ‘जस्टनेप’ले आफ्नो सेवा सुरु गरिसकेको छ। बिदेशमा भएको जस्तै अति अत्याधुनिक विशेषताहरु प्रत्यक्ष ट्रयाकिङ,प्रत्यक्ष कुराकानी, वालेट र पूर्ण रूपमा जीइओ बेसमा लोकल रेस्टुरेन्टबाट लोकल कस्टुमरका लागि यहिका डेलिभरी राइडरहरूको उपलब्धता सहितको सुविधा जस्टनेप ब्रान्डेड रेस्टुरेन्ट र स्थानीय खानेकुराका परिकारहरू राखिएको जस्टनेप एप एन्ड्रोइड र एप्पल स्टोरमा छ। यो एप्लिकेशनमा आफ्नै वालेट भएकाले विदेशमा भएकाहरूले समेत वालेटबाट नेपालमा भएका परिवारलाइ जन्मदिन वा अन्य मनोरन्जनात्मक कार्यक्रमहरूमा सरप्राइज गिफ्टको रूपमा कुनै पनि विदेशको जस्तै खानाका परिकारहरू डेलिभरी गराउन सक्नेछन्।

यो एप्लिकेशन भर्खरै बजारमा ल्याइएको हो। सुरआती चरणमा यो एप्लिकेशन डाउनलोड गरेबापत वालेटमा एक सय रुपैयाँ तुरुन्त जम्मा हुनेछ। यसबाट कुनै पनि खानाका परिकारहरू अर्डर गरेमा ५० प्रतिशत सम्म छुट हुनेछ। पहिलो चरणमा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी तीन जिल्लामा होम डेलभरी सहित सञ्जालनमा रहेको कम्पनीमा डाइरेक्टर प्रमोद लम्सालले जानकारी दिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै