मनाइयो चौथो राष्ट्रिय झण्डा दिवस – Sagarmathapana:: Online News Portal

मनाइयो चौथो राष्ट्रिय झण्डा दिवस

   २०७८ पुष १ गते  

काठमाडौं। पुष १ गते चौथो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । ‘राष्ट्रिय झण्डाको सम्मान, राष्ट्रको शान राष्ट्रको स्वाभिमान’ भन्ने नाराका साथ आज चौथो राष्ट्रिय झण्डा दिवस मनाइएको हो । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालको अगुवाइमा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सांस्कृति र्याली सहित झण्डा दिवस मनाइएको हो । राष्ट्रिय पोशाक संरक्षणका अभियन्ता राजानन्द माण्डव्यको परिकल्पनामा वि.सं.२०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन सुरु गरिएको हो ।

विश्वव्यापी रुपमा अलग पहिचान बोकेको झण्डाको सम्मानका लागि दिवस मनाउन सुरु गरिएको उनको भनाइ छ । पछिल्लो समय झण्डाको बढ्दो दुरुपयोगको अन्त्य गरी राष्ट्रध्वजको अपमान रोक्नका लागि झण्डा दिवसले अहम भूमिका निर्वाह गरेको माण्डव्यले जानकारी दिए । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका अध्यक्ष समेत रहेका माण्डव्यले झण्डाको महत्व र गरिमा बुझाउन यो अभियानले सहयोग गरेको बताए । राष्ट्रिय झण्डा दिवस काठमाडौंसहित हटौंडा, चितवन र बटुबलमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।

सन् १९६२ डिसेस्बर १६ तारिखका दिन अर्थात् वि।सं।२०१९ पुस १ गतेका दिन संयुक्त राष्ट्र संघमा नेपालको हालको राष्ट्रिय झन्डालाई अंगिकरण गरेको सुखद दिनको सम्झनामा २०७५ सालदेखि राष्ट्रिय झण्डा दिवस मनाउन थालिएको उनको भनाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै