थोत्रा भएका गाडीलाई स्कूल बसको रूपमा प्रयोग गर्न रोक लगाउन माग – Sagarmathapana:: Online News Portal

थोत्रा भएका गाडीलाई स्कूल बसको रूपमा प्रयोग गर्न रोक लगाउन माग

   २०८१ माघ २९ गते  

काठमाडौँ।नेपाली कांग्रेसका सांसद राजन केसीले अन्यत्र थोत्रा भएका गाडीलाई स्कूल बसको रूपमा प्रयोग गर्न रोक लगाउन माग गरेका छन् ।

आइतवार दक्षिणकालीमा भएको स्कूल बस दुर्घटनाबारे सोमवार प्रतिनिधि सभा बैठकमा सरकारको ध्यानाकर्षण गराउँदै थोत्रा गाडीलाई स्कूल बस प्रयोग गर्न नपाउने व्यवस्था गर्न माग गरेका हुन् ।

मानवीय त्रुटि भन्दा पनि थोत्रो गाडी भएका कारण बस दुर्घटना भएको केसीले बताए । आइतवार भएको स्कूल बस दुर्घटनामा चालकसहित एकजना विद्यार्थीको मृत्यु भएको थियो । दुर्घटनामा घाइते भएका ३५ जना विद्यार्थी अस्पतालमा उपचार गराइरहेका छन् ।

घाइते विद्यार्थीको निशुल्क उपचार गराउन सांसद केसीले सरकारको ध्यानकर्षण गराए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै