निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत
काठमाडौं ।काठमाडौं उपत्यका भित्रिने सवारीसाधन सहजीकरणका लागि निर्माणाधीन नागढुंगा सुरुङमार्ग आयोजनाको भौतिक प्रगति ८५ प्रतिशत पुगेको छ ।
आयोजनाले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार यो आयोजनाको भौतिक प्रगति ८४.९६ प्रतिशत पुगेको छ । वित्तीय प्रगति भने ७६.६८ प्रतिशत पुगेको आयोजनाले जनाएको छ ।

सुरुङ ब्रेक थ्रु भई अन्य काम भइरहेका छन् । अन्डरपास, बक्स कल्भर्ट र ओभरपास निर्माणको काम समेत सम्पन्न भइसकेको छ । आयोजना अन्तर्गत तीन वटा पुल अन्तर्गत बनिसकेका छन् । अब फ्लाइओभरको काम जारी छ ।

यो फ्लाइओभरको काम ९५ प्रतिशत निर्माण सम्पन्न भइसकेको आयोजनाले जनाएको छ । टनेलभित्र फिनिसिङको काम जारी छ । जसले गर्दा भौतिक प्रगति ८५ प्रतिशत हाराहारी देखिन्छ ।














