हमासले आज रिहा गर्ने सूचीमा नेपालका विपिन जोशी परेनन्
१९ माघ प्यालेस्टिनी समूह हमासले आज थप तीन जना बन्धक रिहा गर्ने भएको छ आज सार्वजनिक हुने सबै जना जीवित इजरायली पुरूष बन्धक रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।इजरायली प्रधानमन्त्रीको कार्यालयले जनाए अनुसार रिहा हुन लागेका इजरायली बन्धकको सूची प्राप्त भएको छ।
हमासको नियन्त्रणमा रहेका भनिएका नेपालका विपिन जोशी यसपटक पनि सूचीमा परेका छैनन्।
गएको जनवरी १९तारिखदेखि युद्धविराम लागू भएयता प्यालेस्टाइनी लडाकु समूहले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले दुई सय ९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
इजरायल र प्यालेस्टिनी लडाकु समूह (हमास) बीच भएको गाजा युद्धविराम सम्झौता अनुसार चौथो बन्धक–कैदी आदानप्रदान हुने भएको हो ।
गएको जनवरी १९ तारिख देखि युद्धविराम लागू भए यता प्यालेस्टाइनी लडाकु समूहले अहिलेसम्म १५ जना बन्धकलाई मुक्त गरिसकेका छन् भने बदलामा इजरायलले दुई सय ९० जना प्यालेस्टिनी कैदीलाई रिहा गरेको छ ।
सम्झौतामा हमासले ६ साता लामो युद्धविरामको पहिलो चरणमा ३३ जना बन्धकहरू रिहा गर्ने त्यसको बदलामा इजरायली जेलमा रहेका झण्डै १९ सय प्यालेस्टिनी बन्दीहरू रिहा गर्ने उल्लेख छ।
युद्धविरामको दोस्रो चरणको वार्ता पहिलो चरण शुरू भएको १६ दिनमा हुने सम्झौतामा उल्लेख छ । दोस्रो चरणमा बाँकी बन्धकलाई रिहा गरिनुका साथै गाजा क्षेत्रबाट इजरायली सेना पूर्ण रूपमा फिर्ता हुने उल्लेख छ ।












