माधुरी दीक्षित २० लाख तिरेर भाडामा बस्छिन् !
एजेन्सी। बलिउड अभिनेत्री माधुरी दीक्षितको जीवैनशैली लोभलाग्दो छ । उनको जस्तो जीवनशैलीमा जीवन बाँच्ने रहर हरेकको हुन सक्छ ।
यद्यपि, माधुरी आफ्नो जीवनशैलीका लागि जति रकम खर्च गर्छिन्, त्यसको कल्पना गर्न सामान्य मानिसका लागि कठिन हुन्छ । माधुरी अहिले मुम्बईको जुन अपार्टमेन्टमा बस्छिन्, त्यसको भाडाको मूल्य सुन्दा एक पटक आश्चर्यमा परिन्छ ।
मुम्बईको वर्लीस्थित इन्डिया बुलको उक्त अपार्टमेन्टलाई माधुरीले ३ वर्षका लागि भाडामा लिएकी छिन् । उक्त अपार्टमेन्टका लागि माधुरीले करिव पाँकरोड रुपैयाँ डिपोजिट गरेकी छिन् ।
उनले हरेक महिना उक्त अपार्टमेन्टको भाडाका लागि मात्रै २० लाख रुपैयाँ तिर्नु पर्छ । २९ औं तल्लामा रहेको उक्त अपार्टमेन्ट ५५ सय स्क्वायर फीट क्षेत्रफलमा फैलिएको छ ।
माधुरीको यो भव्य फ्ल्याटमा ती वटा कोठा र सुन्दर लबीका साथ बालकोनी पनि छ ।












