मध्य भोटेकोशीको आईपीओ १५ लाख भन्दा बढिको हाल खाली
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । आज विहान शेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शेयर बाडँफाँड भएको हो ।
क्यापीटलका अनुसार ८ लाख १९ हजार आवेदक आवेदकले मात्र १० कित्तँ दरले शेयर पाएका छन् । २३ लाख ९० हजार २१८ आवेदकले ३ अर्ब ४१ करोड ८३ लाख २९ हजार रुपैयाँ बराबरको शेयर खरिदका लागि आवेदन दिएका थिए । जसमध्ये ९५ हजार ७२२ आवेदन रद्द भएको बाकि २२ लाख ९४ हजार ४९६ आवेदन स्वीकृत भएकोमा ८ लाख १९ हजार आवे्दकले १० कित्ताका दरले शेयर पाएका छन् भने १५ लाख ७४ हजार ४ सय २८ जना आवेदकको हात रित्तो भएको छ ।
असोज २० गते देखि २५ गतेसम्म कम्पनिले् सर्वसाधारणका लागि ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता शेयर निष्काशन गरेको थियो । जसमा ४ प्रतिशत अर्थात ३ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र बाँकी रहेको ८१ लाख ९० हजार कित्ता शेयर सर्वसाधारणमा गोलाप्रथाबाट बाँडफाँट गरिएको हो ।












