कांग्रेसको संसदीय दलको बैठक आईतवार बस्ने
११ माघ, काठमाडौं ।संसद बैठक १८ माघमा बस्ने गरी बोलाएपछि नेपाली कांग्रेसले संसदीय दलको बैठक आइतबार दिउँसो २ बजे बस्ने गरि संसद भवनको लोत्से हलमा बोलाएको छ।
बैठक मुख्यत:संसदमा दर्ता भएका विधेयक माथिको छलफलमै केन्द्रीत हुने साथै समसामयिक अन्य विषय पनि एजेन्डा भएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।












