वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गर्ने व्यक्ति पक्राउ – Sagarmathapana:: Online News Portal

वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गर्ने व्यक्ति पक्राउ

   २०८१ माघ २ गते  

काठमाडौं । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी क्रोएसिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । रकम ठगी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका-५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-२ बस्ने २९ वर्षीय निम पासी शेर्पालाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

शेर्पाले क्रोएसिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट १५ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई काठमाडौं महानगरपालिका-१२ टेकुबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान  तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै