किशोरी करणी अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान – Sagarmathapana:: Online News Portal

किशोरी करणी अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान

   २०८१ पुष २३ गते  

विराटनगर / घरमा कामदारका रुपमा राखिएकी १६ वर्षीया किशोरीलाई करणी गरेको अभियोगमा बिर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुव शिवाकोटी जेल चलान भएका छन्।

मंसिर २४ मा पक्राउ परेका शिवाकोटी हिजो सोमबार जेल चलान भएका हुन्। झापा जिल्ला अदालतका न्यायाधीश नवीनकुमार जोशीको इजलासले उनलाई पूर्पक्षका लागि थुनामा पठाउन सोमबार आदेश दिएको हो।

पूर्वमेयर शिवाकोटीविरुद्ध पीडितले किटानी जाहेरी दिएकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै