काठमाडौं ।एक हप्तादेखि बेपत्ता भएका किशोरकिशोरी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
पुसको १३ गतेदेखि हराइरहेका ती किशोरकिशोरी घर नजिकैको तुसोरे जङ्गलमा मृत अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक कर्णबहादुर थापाले एक हप्तादेखि विद्यालयमा उपस्थित नहुँदा परिवारलाई खबर गरिएको थियो । तर परिवारका सदस्यले उनीहरु घरमा नभएको बताएका थिए । त्यसपछि दुबै जनाको खोजी भएको थियो।

प्रधानाध्यापक थापाले भने, ‘खोजी गर्दा तिनीहरू जङ्गलमा एउटै डोरीमा झुन्डिएको अवस्थामा मृत फेला परे । प्रेम सम्बन्धमा रहेको हुनसक्ने आशङ्का गरिएको छ।’
शर्मिला थापाका आफन्तसमेत रहेका प्रधानाध्यापक थापाले शवको पोस्टमार्टम गर्न केटापक्षले नमानेको उनले बताए ।













