साहित्य संवाद कार्यक्रममा कोशी लेखिएको भन्दै चौतर्फी बिरोध भएपछि कोशी हटाइयो – Sagarmathapana:: Online News Portal

साहित्य संवाद कार्यक्रममा कोशी लेखिएको भन्दै चौतर्फी बिरोध भएपछि कोशी हटाइयो

   २०८१ पुष ११ गते  

काठमाडौ। नेपाली लेखक संघले कोशी साहित्य संवाद आयोजना गर्ने भनेर प्रचार सामग्रीमा कोशी लेखिएको भन्दै चौतर्फी बिरोध भएपछि कोशी हटाएको छ ।

यस अघि प्रचार सामग्रीमा कोशी साहित्य संवाद लेखिएको ठाउँमा पुर्वेली साहित्य संवाद सच्याएको छ । काठमाडौमा पौष १२ गरिने भनिएको उक्त कार्यक्रमको प्रचार सामग्रीमा कोशी लेखिएको भन्दै चुनौती सहित सामाजिक संजालमा व्यापक बिरोध भएका थिए । काठमाडौमा गरिने कार्यक्रममा कोशि नाम दिएर आन्दोलनकारिलाई चुनौती दिएपछि आयोजकलाई चर्को दवाब पुगेका थिए । कार्यक्रममा बैरागी काँइला,अभि सुवेदी,गोबिन्द भट्टराईको विशेष उपस्थिति रहने उल्लेख थिए ।

वर्खामा भन्दै कोशी नाम खारेजी आन्दोलन स्थगित भएका थिए । हिँउद शुरु भएपछि मंसिरबाट आन्दोलन गर्ने भन्दै बिराटनगरमा जनसभा गर्दै आन्दोलनको खाका सहित नाम खारेजी आन्दोलन पुन शुरु गरिसकेको छ । त्यही क्रममा झापाको दमकमा भ्यु टावर उद्घाटन गर्न पुगेका केपि ओलिलाई कालो झण्डा देखाएर बिरोधको थालनी गरिसकेको छ ।

यतिसम्म हुँदाहुँदै पनि आन्दोलनकारिलाई नजर अन्दाज तथा चुनौती दिदै काठमाडौमा गरिने कार्यक्रमलाई कोशी साहित्य संवाद नाम दिदै कार्यक्रमको आयोजना गर्ने तयारी गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै