नेपाल टेलिकमले क्रिसमस उपहार रु. ५ हजार दिन्छ भन्ने सूचना झुटो’ – Sagarmathapana:: Online News Portal

नेपाल टेलिकमले क्रिसमस उपहार रु. ५ हजार दिन्छ भन्ने सूचना झुटो’

   २०८१ पुष ४ गते  

काठमाडौँ । ‘नेपाल टेलिकमले आउँदै गरेको क्रिसमस तथा अंग्रेजी नयाँ वर्षको अवसर पारेर रु. ५ हजार सम्मको नगद तथा उपहारको व्यवस्था गरेको’ भन्दै गरिएको प्रचार झुटो भएको नेपाल टेलिकमले जनाएको छ ।

नेपाल टेलिकमको आधिकारिक लोगो समेत प्रयोग गरी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भइरहेको पाइएकोले यसप्रति सचेत रहन टेलिकमले सबैमा हार्दिक अनुरोध गरेको हो ।

प्रवक्ता हरि ढकालले भनेका छन् ‘कम्पनीको आधिकारिक ब्लु टिकसहितको फेसबुक र एक्सलगायतका सामाजिक सञ्जालमा भएका सूचना तथा कम्पनीको आधिकारिक वेबसाइटलाई  मात्र  आधार  मानेर कम्पनीका सेवा बारेमा अद्यावधिक हुन सम्पूर्ण ग्राहकवर्गमा अनुरोध छ,’ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै