श्री खत्रीको एनिमेसन भिडियो ‘जादैछु’को टिजर सार्वजनिक – Sagarmathapana:: Online News Portal

श्री खत्रीको एनिमेसन भिडियो ‘जादैछु’को टिजर सार्वजनिक

   २०७८ भाद्र २८ गते  

 

काठमाडौँ। नेपाली गीत संगीतमा रुची राख्ने र आफ्नो करियर बनाउने धेरैको योजना रहेको हुन्छ भने कसै कसैले सोखको रुपमा पनि गीत सङ्गीतको रचना गर्ने गर्दछन। नेपाली गीत संगीतमा बेला बेला विभिन्न प्रयोग पनि हुने गरेका छन्। गायक तथा संगीतकार श्री खत्रीले यस्तै प्रयोगात्मक भिडियो सार्वजनिक गरेका छन्। ‘जादैछु’ बोलको गीतको टिजर सार्वजनिक गरिएको हो।

प्रतिक बास्तोला र सुगम थापाले गिटारको काम सम्हालेका छन्। बाल दिवसको अवसर पारेर गीतको फुल भिडियो सार्वजनिक गरिने निर्माण टिमले जानकारी गराएको छ। सार्वजनिक गीतमा विप्लब प्रतिकको शब्द रचना रहेको छ। एनिमेसन भिडियो the one who animates(बिबिन मानन्धर) ले तयार पारेका हुन्। लिफर्स म्युजिक ब्याण्डको गीत आफ्नै अफिसियल यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै