१४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीन प्रस्थान – Sagarmathapana:: Online News Portal

१४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीन प्रस्थान

   २०८१ मंसिर २३ गते  

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालका अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का फोटो पत्रकार १४ सदस्यीय फोटोपत्रकार टोली फोटो प्रदर्शनीका लागि चीनको सान्तोङतर्फ प्रस्थान गरेको छ ।

 

पिन्चाओ फोटोग्राफर एशोसिएसनको निमन्त्रणामा एनएफपिजेको टोली त्यसतर्फ प्रस्थान गरेको हो ।

चीनका फोटोग्राफर सु छुई तथा नेपाल–चीनमैत्री सङ्घको सहकार्यमा ‘सान्तोङ सांस्कृतिक सप्ताह र मनमोहक नेपाल’ फोटो प्रदर्शनीमा नेपालका पर्यटन क्षेत्र, कला संस्कृति, जीवनशैली तथा विविधता झल्काउने एक सय तस्बिर सान्तोङ प्रान्तका विभिन्न सहरमा एक महिनासम्म प्रदर्शनी गरिने प्रदर्शनीका संयोजक सुनिल शर्माले जानकारी दिनुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै