ओलीको चीन भ्रमणबारे कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं / नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे धारणा बनाउनको लागि केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।
उक्त सहमतिलाई लिएर कांग्रेसका शीर्ष नेताहरुले नै आलोचना गर्न थालेका छन्। बीआरआईअन्तर्गत अनुदानमात्रै लिने सहमति गरिएकोमा चीनमा भने त्यसलाई लत्याएर ऋणको बाटो खोलिएको भन्दै कांग्रेसबाट परराष्ट्र मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताहरु एनपी साउद र डा. प्रकाशशरण महतले आलोचना गरिरहेका छन्। यही सन्दर्भमा सभापति देउवाले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन्।












