राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया सम्पन्न – Sagarmathapana:: Online News Portal

राष्ट्रपति रामचन्द्र पौडेलको शल्यक्रिया सम्पन्न

   २०८१ मंसिर १९ गते  

काठमाडौं / राष्ट्रपति रामचन्द्र पौडेलको प्रोस्टेटसम्बन्धी शल्यक्रिया सम्पन्न भएको छ।

त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल महाराजगञ्जमा राष्ट्रपति पौडेलको प्रोस्टेटसम्बन्धी आधुनिक प्रविधिबाट शल्यक्रिया सम्पन्न भएको अस्पतालका निमित्त कार्यकारी निर्देश प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

राष्ट्रपति पौडेल आज बिहान अस्पताल भर्ना भएका थिए। उनको अवस्था सामान्य रहेको शिक्षण अस्पताल, महाराजगञ्जले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै