गढीमाई मन्दिरमा मेला महोत्सव २०८१ को कार्यवाहक प्रधानमन्त्री द्वारा उद्धघाटन – Sagarmathapana:: Online News Portal

गढीमाई मन्दिरमा मेला महोत्सव २०८१ को कार्यवाहक प्रधानमन्त्री द्वारा उद्धघाटन

   २०८१ मंसिर १९ गते  

रौतहट ।गढीमाई मन्दिरमा लागेको पञ्चवर्षीय मेला महोत्सव २०८१ को उद्घाटन गरिएको छ।

कार्यवाहक प्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले रौतहटको पूर्वुभेग गढीमाई नगरपालिका  ४ सुन्दरपुर स्थितमंगलवार एक समारोहका बिच सिंहले सुन्दरपुर गढीमाई मेलाको विधिवत रूपमा उद्घाटन गरेका हुन।

उदघाटन समारोहमा कावा प्रधानमन्त्री सिंहका साथै नेपाली कांग्रेसका संघीय सांसद देवप्रसाद तिमल्सिना, पार्टी मधेश प्रदेशका सभापति पुर्व मन्त्री कृष्ण प्रसाद यादव, मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादव, प्रदेश सांसद अबुल कलाम आजाद, गढिमाई नगर पालिकाका मेयर श्यामप्रसाद यादव, माधवनारायण नगर पालिका का मेयर बैजनाथ प्रसाद यादव, गरुडा नगर पालिकाका मेयर  कन्थमणि प्रसाद जयसवाल लगाएतको सहभागिता रहेको थियो।

बिश्व प्रसिध्द बारा स्थित गढीमाई मेलाकै तिथि मितिमा  बृहत रुपमा सुन्दरपुर गढीमाई मेलाको आयोजना गरिएको छ। सुन्दरपुर स्थित  गढीमाई मन्दिरमा विगत झै यसपटक पञ्चवर्षीय मेलाको आयोजना गरिएको हो। मेला मूल समितिका अध्यक्ष एवं गढीमाई नगरपालिकाका मेयर श्याम प्रसाद यादवले सुन्दरपुर गढीमाई मन्दिरमा  हिजो सोमवार देखि मङसिर २६ गतेसम्म मेला लाग्ने बताएका छन्।

स्थानियहरुको अनुरोधमा मेलालाई बृहत तथा सभ्य र भव्य बनाउन मङसिर २० गते बिहिबार भारतीय भोजपुरी सुपरस्टार कलाकार खेसारीलाल यादवलाई बोलाइएको मेयर यादवले बताएका छन्। सुपरस्टार खेसारीलाल सँगै भारतीय भोजपुरी मोडेल माही र मनिषाको पनि सांगीतिक प्रस्तुती हुने जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै