एसीसी सम्झौता अस्वीकार हुनैपर्छ भन्ने होइन एमाले नेता भट्टराई
काठमाडौँ – नेकपा एमालेका नेता योगेश भट्टराईले एमसीसी सम्झौता अस्वीकार नै हुनुपर्छ भनेर आफ्नो पार्टीले नभन्ने बताएका छन्।
पार्टी स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता भट्टराईले आवश्यक संशोधनसहित एमसीसी सम्झौता स्वीकार गर्न सकिने स्पष्ट पारे।एमसीसी रिजेक्ट गर्नुपर्छ, हुँदै हुन्न भन्ने हाम्रो धारणा होइन’, उनले सञ्चारकर्मीहरुसँग भने, ‘आवश्यक संशोधन गरी संसदबाट पारित गर्न सकिन्छ।’
उनले उक्त सम्झौता सरकारले संसदमा टेवल नगरेसम्म एमालेले त्यसबारे आधिकारिक निर्णय नदिनेसमेत उल्लेख गरे।‘सरकारले संसदमा के कसरी टेबल गर्छ, सोहीअनुसार पार्टी अघि बढ्छ’, प्रवक्ता भट्टराईले थपे, ‘पहिले सरकार स्पष्ट हुनुपर्यो । संसदमा संशोधनसहित पेश गर्ने कि जस्तातस्तै पेश गर्ने स्पष्ट हुनुपर्छ।’त्यसैले हाललाई एमसीसीबारे नेकपा हुँदा पार्टी नेता झलनाथ खनालको संयोजकत्वमा गठित कार्यदलले दिएको सुझाव नै एमालेको आधिकारिक रहेको उनको भनाइ छ।सभामुखले एमालेसँग संवाद गर्नुपर्यो ।नेता भट्टराईले संसद अवरोध गर्ने एमालेको नियत नभएको स्पष्टीकरण दिए।सभामुखको भूमिका निष्पक्ष नहुँदा आफूहरु संसद बैठक अवरोध गर्न बाध्य भएको उनको भनाइ थियो।
‘संसद सञ्चालन गर्नेबारे सभामुख जिम्मेवार हुनुहुन्छ । त्यसैले सभामुखले समाधान दिनुपर्छ’, प्रतिनिधिसभा सदस्यसमेत रहेका प्रवक्ता भट्टराईले भने, ‘सभामुखले एमालेसँग संवाद गर्नुप¥यो । कार्य व्यवस्था समितिको बैठक राख्नुपर्यो । एमालेका माग के के छन् सोध्नुपर्यो।’कार्य व्यवस्था समितिको बैठकबाट संसद बैठकका कार्यसूची तय गर्नुपर्नेमा सभामुखले त्यस नगरी पेलेर अघि बढ्न खोज्दा समस्या भएको उनको भनाइ छ।सञ्चारकर्मीहरुले नेता भट्टराईलाई दुईदुईपटक संसद विघटन गर्ने एमालेका संसादहरुले संसदको विधिबारे प्रश्न गर्न मिल्छ र भनी प्रश्न गरेका थिए। उक्त प्रश्नको जवाफ दिने क्रममा उनले भने, ‘यो प्रश्नै होइन । हामीले व्यक्तिको कुरा गरिरहेका छैनौं । विधिको कुरा गरिरहेका छौं।’
ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठानको भवनमा जारी बैठक दिउँसो ३ बजे पुनः बस्ने एमालेले जनाएको छ












