नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा निर्वाचित
काठमाडौं : एक हजार ६३६ मतसहित हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन्।
तिमल्सिना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत ल्याइन्। एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरिन् ।
यसअघि सर्केगाड गाउँपालिका नेकपा माओवादीकै चन्द्रसिंह कार्की थिए। सवारी दुर्घटनामा उनको मृत्यु भएपछि रिक्त पदमा उपनिर्वाचन भएको हो ।












