३३ वडाध्यक्षमध्ये १६ स्थानमा काँग्रेस विजयी ४ वटा पदको नतिजा आउन बाँकी
काठमाडौं । ३३ वडाध्यक्षसहित ४१ स्थानका लागि भएको उपनिर्वाचनमध्ये ४ वटा पदको नतिजा आउन बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ । स्थानीय तहको उपनिर्वाचनको अन्तिम नतिजा आउन बाँकी छ ।
निर्वाचित ३२ वडाध्यक्षमध्ये दुई जना मात्र महिला छन् । सबैभन्दा बढी स्थानमा वडाध्यक्ष जितेको काँग्रेसले अहिलेसम्म प्रमुख र उपप्रमुख पदमा विजयी हुन सकेको छैन । माओवादी केन्द्रले भने एक गाउँपालिकामा प्रमुख तथा एक नगरपालिका र एक गाउँपालिकामा उपप्रमुख पद जितेको छ । त्यस्तै, एमालेका उम्मेदवार एक गाउँपालिका प्रमुख र एक गाउँपालिकामा उपप्रमुख पदमा विजयी भएका छन् ।












