त्रियुगा नगरपालिका वडा नं. १२ को अध्यक्षमा माओवादीका नविनकुमार वान्तवा राई निर्वाचित – Sagarmathapana:: Online News Portal

त्रियुगा नगरपालिका वडा नं. १२ को अध्यक्षमा माओवादीका नविनकुमार वान्तवा राई निर्वाचित

   २०८१ मंसिर १७ गते  

काठमाडौं : उदयपुरको त्रियुगा नगरपालिका वडा नं. १२ को अध्यक्षमा नेकपा माओवादी केन्द्रका नविनकुमार वान्तवा राई निर्वाचित भएका छन्। आइतबार सम्पन्न उपनिर्वाचनमा उनले ९२३ मत प्राप्त गरेका हुन्।

निर्वाचन आयोगका अनुसार उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मीनारायण चौधरीले ६०८ मत पाए। नेपाली कांग्रेसका सञ्जीव काफ्लेले ३५९, नेकपा एकीकृत समाजवादीका निर्मला चौधरीले ३१२ र राष्ट्रिय स्वतन्त्र पार्टीका ध्रुवप्रसाद पोखरेलले २०२ मत ल्याएको आयोगले जनाएको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै