धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित – Sagarmathapana:: Online News Portal

धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा माओवादी केन्द्रका सुनिल कापर केवट निर्वाचित

   २०८१ मंसिर १७ गते  

काठमाडौं। नेकपा माओवादी केन्द्रका सुनिल कापर केवट धनुषाधाम नगरपालिका वडा नं १ को अध्यक्षमा निर्वाचित भएका छन्।

आइतबार भएको उपनिर्वाचनमा केवटले ६८४ मत प्राप्त गरी विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार नेपाली कांग्रेसका अशोककुमार मण्डलले ६०२ मत प्राप्त गरे। साथै जनता समाजवादी पार्टी नेपालका अजयकुमार यादवले ४९९,  नेकपा एमालेका प्रमोद यादवले ३६५, राष्ट्रिय प्रजातन्त्र पार्टीका रामदेव सिंह दनुवारले २७ र जनमत पार्टीका कुशेश्वर मण्डलले २५ प्राप्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीका राम नरेश दासले १० मत ल्याए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै