काठमाडौं १६ को वडाध्यक्षमा रास्वपा की रोजिना श्रेष्ठ विजयी
काठमाडौं ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की रोजिना श्रेष्ठ काठमाडौं महानगरपालिका वडा नं. १६ को वडाध्यक्षमा विजयी भएकी छन् ।
स्थानीय तहमा यो रास्वपाको पहिलो जीत हो। यसअघिका स्थानीय तह निर्वाचनमा रास्वपा सहभागी भएको थिएन।
निर्वाचन आयोगका अनुसार श्रेष्ठ एक हजार ५८४ मत ल्याएर निर्वाचित हुँदा नेपाली कांग्रेसका देवेन्द्र पाठकले एक हजार ३०४ मत पाए। एमालेका लक्ष्मीरत्न तुलाधरले एक हजार २१८ मत पाए
यस्तै एकीकृत समाजवादीका मीनबहादुर मानन्धरले ६५१ मत पाए। राप्रपाका श्यामकृष्ण श्रेष्ठले ६२२ मत पाए भने स्वतन्त्र उम्मेदवार देवेन्द्रकुमार श्रेष्ठले ३१४ र अर्का स्वतन्त्र सम शाक्यले १८५ मत ल्याए।












