०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने: अध्यक्ष राजेन्द्र लिङ्देन – Sagarmathapana:: Online News Portal

०८४ अघि नै सरकारको नेतृत्व राप्रपाले लिनसक्ने: अध्यक्ष राजेन्द्र लिङ्देन

   २०८१ मंसिर १६ गते  

काठमाडौँ : राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीले०८४ अघि नै सरकारको नेतृत्व  लिनसक्ने अध्यक्ष राजेन्द्र लिङ्देन बताएका छन्।

आइतवार बिर्तामोड नगर अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले यस्तो बताएका छन्।

उनले राप्रपाले अब क्रियाशिलता बढाउनुपर्ने समय आएको बताए। उनले पर्खिने, हेर्ने छुट राप्रपालाई नरहेको भन्दै अब मुलुकको नेतृत्व लिने समय आएको बताए।

उनले सकेसम्म ०८४ अगाडि नै र नभए ०८४ को निर्वाचनबाट देशको ठूलो राजनीतिक शक्ति बनेर मुलुकको नेतृत्व गर्ने दावी गरे।

उनले नेपाली कांग्रेस—नेकपा एमाले मिलेर बनाएको सरकारबाट पनि नागरिकहरु खुशी नरहेको भन्दै अब राप्रपाले सरकारको नेतृत्व गर्ने बेला आएको बताए।

सरकारका प्रधानमन्त्री र मन्त्रीहरु चाहेको ठाउँमा जानसक्ने स्थिति नरहेको बताए। कांग्रेस, एमाले र नेकपा (माओवादी केन्द्र) कै क्रियाकलापबाट उनीहरु जनताको नजरमा अलोकप्रिय भएको भन्दै उनले जनताले अब तीनवटै पार्टीलाई पूर्ण रुपमा चिनेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै