निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ उमेदवारलाई आयोगले स्पष्टीकरण सोधे – Sagarmathapana:: Online News Portal

निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ उमेदवारलाई आयोगले स्पष्टीकरण सोधे

   २०८१ मंसिर १५ गते  

काठमाडौं  /निर्वाचन आचारसंहिता उल्लंघन गर्ने ६ उमेदवारलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ। आयोगले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाका-१६ का उमेदवारलाई गरी ६ उमेदवारलाई स्पष्टीकरण सोधेको हो ।

प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले उपनिर्वाचनको आचारसंहिता विपरीतका कार्य गरेको पाइएपछि स्पष्टीकरण सोधिएको बताएका छन्।

काठमाडौं महानगरपालिका १६ को राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को तर्फबाट उमेदवार बनेकी रोजिना श्रेष्ठ, नेकपा (एकीकृत)का मीनबहादुर मानन्धरलाई आयोगले स्पष्टीकरण सोधिएको छ।

आयोगका अनुसार काठमाडौं–१६ कै अध्यक्षका लागि स्वतन्त्र उमेदवार बनेका सम शाक्य र पशुपति काठायतलाई स्पष्टीकरण सोधिएको छ।

आयोगले निर्वाचन अचासंहिताको पालना भए/नभएको अनुगमनका लागि टोली गठन गरेको छ। टोलीले अनुगमनबाट आचारसंहिता विपरीतका कार्य भएको देखिएको रिपोर्ट प्रस्तुत गरेपछि आयोगले स्पष्टीकरण सोधेको हो।

आयोगले कीर्तिपुर नगरपालिकाका मेयर उमेदवार नेकपा (माओवादी केन्द्र)का शिवशरण महर्जनलाई स्पष्टीकरण सोधिएको आयोगको भनाइ छ। मेयरकै स्वतन्त्र उमेदार राजनमान महर्जनलाई पनि आयोगले स्पष्टीकरण सोधेको छ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै