दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन विशेष अदालतको आदेश
काठमाडौँ।विशेष अदालतले व्यवसायी दीपक भट्ट र शुलभ अग्रवाललाई थुनामा पठाउन आदेश दिएको छ। सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अदालतले दुवै जनालाई थुनामा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको हो।
पहिलो सम्पत्ति शुद्धीकरण मुद्दामा थुनामा रहेका भट्ट र अग्रवाललाई अर्को मुद्दामा थुनछेक बहसका लागि विशेष अदालतमा उपस्थित गराइएको थियो।
दुवै जनाको बयान तथा थुनछेक बहसपछि विशेष अदालतका अध्यक्ष बासुदेव आचार्य र सदस्य हेमन्त रावलको इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश दिएको हो।
सोही प्रकरणमा पक्राउ परेका पूर्वअर्थमन्त्री विष्णु पौडेललाई भने विशेष अदालतले साधारण तारिखमा रिहा गर्न आदेश दिएको थियो।












