NATTA निर्वाचन २०२६ : जिस्वान तुलाधर श्रेष्ठ समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

NATTA निर्वाचन २०२६ : जिस्वान तुलाधर श्रेष्ठ समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम सम्पन्न

   २०८३ श्रावण २८ गते  

काठमाडौं।NATTA निर्वाचन २०२६ का लागि जिस्वान तुलाधर श्रेष्ठ समूहको उम्मेदवार परिचयात्मक कार्यक्रम काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा NATTA का अग्रज, सदस्य तथा पर्यटन व्यवसायीहरूको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ। सहभागीहरूले समूहका उम्मेदवारप्रति विश्वास, समर्थन तथा सुझाव व्यक्त गरेका थिए।

 

कार्यक्रमलाई सम्बोधन गर्दै समूहले पर्यटन व्यवसायको हित, NATTA सदस्यहरूको सम्मान तथा संस्थालाई थप सशक्त र प्रभावकारी बनाउन प्रतिबद्ध रहेको जनाएको छ।

समूहले पर्यटन व्यवसायीबीच एकता कायम गर्दै व्यवसायिक हितका विषयलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

कार्यक्रमपछि जिस्वान तुलाधर श्रेष्ठ समूहले सहभागी सबै अग्रज, NATTA सदस्य तथा पर्यटन व्यवसायीप्रति आभार व्यक्त गरेको छ।

समूहको मुख्य सन्देश रहेको छ— ‘एकताबद्ध NATTA, समृद्ध पर्यटन व्यवसाय!’

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै