पत्रकार किशोर श्रेष्ठ ललितपुरबाट पक्राउ
काठमाडौं- पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ। ललितपुरको कुसुन्तीस्थित निवासबाट उनलाई बुधबार साँझ पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जनाएको छ।
श्रेष्ठलाई पक्राउ गर्न उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी परिसर काठमाडौंको टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको हो। पक्राउपछि श्रेष्ठमाथि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
श्रेष्ठ साप्ताहिक पत्रिका ‘जनआस्था’का सम्पादक हुन्।















