नारायणगढ-मुग्लिन सडकको चितवनमा माइक्रो बस दुर्घटना
नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत गएराति करिब १२ बजे चितवनको इच्छाकामना गाउँपालिका-६ पाँचकिलोनजिकै माइक्रो बस दुर्घटना भएको छ।
चितवन प्रहरीका अनुसार काठमाडौँबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०८९ ००१ ज ०२ नम्बरको इभी माइक्रो दुर्घटनामा परेको हो।
घाइते हुनेमा चितवनको राप्ती नगरपालिका-७ बस्ने २७ वर्षीया सुनिता घले (बाँया हातमा चोट, अवस्था मध्यम) र चितवनकै भरतपुर महानगरपालिका-९ बस्ने ४३ वर्षका लेखनाथ गैरे (अवस्था मध्यम) रहेको चितवन प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार माइक्रो आफैँ अनियन्त्रित भई पल्टिएको थियो। दुर्घटनामा दुई जना घाइते भएको चितवन प्रहरीले जनाएको छ।












