सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, ४० जना पुरस्कृत हुदै
सरकारले भेटेन सर्वोत्कृष्ट कर्मचारी, ४० जना पुरस्कृत हुदै
काठमाडौँ । नेपाल सरकारले यो वर्ष सर्वोत्कृष्ट निजामती कर्मचारी भेटेको छैन । मंगलबार (आज) निजामती कर्मचारी दिवसको अवसर पारेर कर्मचारीलाई पुरस्कृत गर्ने तयारी गरेको सरकाले सर्वोत्कृष्ट कर्मचारी नभेटेको हो ।
हिजो बसेको मन्त्रिपरिषद्को बैठकले ४० जनालाई निजामती पुरस्कृत गर्ने घोषणा गरेको छ । कर्मचारी दिवसको अवसरमा १० जनालाई उत्कृष्ट र ३० जनालाई निजामती सेवा पुरस्कार दिइँदैछ । उत्कृष्ट कर्मचारीको पुरस्कार राशी एक लाख रुपैँया र निजामती सेवा पुरस्कार ५० हजार रुपैयाँको रहेको छ ।
सरकारले हरेक वर्ष २२ भदौमा निजामती कर्मचारी दिवस मनाउँदै आएको छ । निजामती सेवा नियमावली २०५० अनुसार निजामती सेवा पुरस्कारको व्यवस्था गरिएको छ । सर्वोत्कृष्टलाई दुई लाख रुपैयाँको पुरस्कार राशी भए पनि छनोट समितिले सर्वोत्कृष्ट कर्मचारी नै सिफारिस गरेको छ ।












